१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

विषाक्त मदिरा सेवनबाट कुवेतमा १६ नेपालीको मृत्यु

अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट कुवेतमा १६ नेपाली कामदारको मृत्यु भएको छ। 

गत सातादेखि हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्युभएकोमा तीमध्ये १६ जना नेपाली रहेको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले जनाएको छ । 

अध्यक्ष एकराज मल्ल र सचिव आङकाजी शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १ सय ६० बढीको स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत भइरहेको जनाएका छन् । 

मध्यपूर्वीय आर्कषक श्रम गन्तब्य कुवेतमा मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णत: प्रतिबन्धित छ । बन्देजका बाबजुत नेपालीसहित मुख्यतः एशियाली मुलका नागरिकहरु सो प्रतिबन्धित कार्यमा संग्लग्न भएको पाईएको छ । 

प्रकाशित: ३० श्रावण २०८२ १९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App