११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

प्राविधिक प्रहरी निरीक्षक पदको नतिजा प्रकाशन

काठमाडौं- नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत सञ्चारतर्फ तथा सूचना प्रविधि र कम्प्युटरतर्फको प्रहरी निरीक्षक पदको खुल्ला प्रतियोगिताको नतिजा प्रकाशन भएको छ।

समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार लिइएको अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले जनाएको छ। उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेवसाइडमा राखिएको छ।   

प्रकाशित: २३ श्रावण २०७५ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App