३ आश्विन २०७७ शनिबार
समाज

छोराको हत्या गरी आमाद्वारा आत्महत्या

टीकापुर – कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्।

उनले सोमबार अपरान्ह्र तीन बजेतिर घरको कोठा भित्र छोरालाई पासो लगाएर झुण्डाएपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको बताइएको छ। श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा फेला पारेको बताए।

‘ठूलो पानी परिरहेको थियो। म गोठमा राँगालाई घाँस खुवाउदै थिए,’ उनले भने, ‘एकछिन पछि कोठा भित्र जान खोज्दा भित्रबाट बन्द गरेको थियो।’

उनले निकैबेर बोलाउदा समेत ढोका नखुलेपछि फोडेर हेर्दा यस्तो घटना भएको पाइएको बताए। उनीहरुको २०७० सालमा बिहे भएको थियो।

प्रकाशित: १५ श्रावण २०७५ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App