३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

लागूऔषधसहित एक पक्राउ

उदयपुर - उदयपुर प्रहरीले गाईघाटबाट लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । शुक्रबार साँझ ७ः०० बजेको समयमा त्रियुगा नगरपालिका ११ गाईघाटको व्यस्त बजार पिपल चोकबाट ५१ थान बिभिन्न किसिमका लागूऔषधसहित त्रियुगा नगरपालिका १२ बुद्धचोकका २० वर्षीय विनोद मगर पक्राउ परेका हुन्। उनको साथबाट डाईजोल्याप, फेनारगन र बुपेनोरफिन नामक लागू औषध १७/१७ एम्पुल (थान) बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार बजार डुल्दै गरेका मगरलाई गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागी खानतलासी लिँदा उनको साथमा लागूऔषध फेला परेको हो । बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएकाे प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। 

प्रकाशित: ४ श्रावण २०७५ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App