प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १५ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, गोकर्णश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३८ वर्षीय फुर्पा लामालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
ललितपुर, ललितपुर महानगरपालिका-११ चिल्ड्रेन पार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९७ ट्याब्लेट सहित काठमाडौं बालाजु बस्ने गोरखा भीमसेनथापा गाउँपालिका-७ घर भएका २८ वर्षीय राजेश भुषाल समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १९ एम्पुल र आइपिपिएल २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३२ तल्लो गगनगौडा बस्ने ४० वर्षीय सुनिल परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बर्दघाटबाट बुटवलतर्फ आउँदै गरेको लु.१ ख ९४५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहा, धनगढीमाई नगरपालिका-१ मेदनीपुर सरस्वती खोला नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम र डिजिटल तराजु १ थान सहित लहान नगरपालिका-१३ गणेशपुर बस्ने २७ वर्षीय विशेश्वर पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
चितवन, माडी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ४ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ दिव्यनगर बस्ने २६ वर्षीय सुदिप गुरूङ र सोही महानगरपालिका-१७ बनगाई बस्ने २९ वर्षीय आयुष महतो रहेका छन्।
प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना.६५ प ७८५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ हर्वासी डेरा गरी बस्ने ३५ वर्षीय घनश्याम अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब २ सय ६६ ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-५ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ट्याब्लेट र स्पास्पेन १ हजार ३ सय ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरी बहादुर बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी चौकी देउराली र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय गणेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी विट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २३ वैशाख २०८३ १४:४८ बुधबार





