वालिङ – आँधीखोलामा डुबेर शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।
शुक्रबमर बिहान घरबाट औषधि लिन बयरघारी बजारतर्फ आउने क्रममा आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन्।
स्वास्थ्य परीक्षणका लागि उनको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदै छ।
प्रकाशित: ११ जेष्ठ २०७५ १०:४२ शुक्रबार