१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली नदी लगायत केही नदीहरूको जल सतह बढेको भन्दै ‘आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ भन्ने जानकारी दिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्। 

‘त्रिशूली नदी लगायत केही नदीहरूको जल सतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ ,’ ओलीले सामाजिक सञ्जालमा  लेखेका छन्, ‘विपत् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहौँ।’

 उनले  मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ’हाई अलर्ट’मा राखेको  बताउँदै  सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरण सहित तैनाथ रहेको बताए। साथै उनले विपद् सम्भावित क्षेत्रमा खटिएको सुरक्षा निकायको सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको  जानकारी दिँदै  सूचना समन्वयका लागि सबैमा अनुरोध गरेका छन्।  

प्रकाशित: २४ असार २०८२ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App