१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

रोपाइँका लागि पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

यहाँको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिमीलाई आयतबार साँझ ७ बजे घर नजिकै रहेको आफ्नै खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो।

स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएका थिए। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ खड्काले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २३ असार २०८२ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App