गायिका एलिना चौहानले केही मान्छेहरूले नराम्रो टिका-टिप्पणी गर्दैमा आफू कमजोर नहुने बताएकी छन्।
'बाँच्नुभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे हो, के लाग्छ- २/४ वटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ? तिमीहरूले मलाई सखाप पार्न भनेर फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ,' बुधबार (साँझ) आज चौहानले फेसबूकमा लेखेकी छन्।
पछिल्लो फटक चौहानले सामाजिक सञ्जालमा आफूप्रति नकारात्मक टिप्पणी गर्नेहरूको पहिचान फेसबूकमार्फत खुलाउने गरेकी छन्। उनले आफूप्रति नकारात्मक टिप्पणी नरोकिएसम्म पहिचान खुलाउन नछाड्ने बताएकी छन्।
प्रकाशित: १८ असार २०८२ २१:४१ बुधबार





