२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

वडाध्यक्षको घरबाट गाँजा बरामद

प्रहरीले मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । सो गाँजा वडाध्यक्षको घरबाट बरामद भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले वडाध्यक्षको नाम भने खुलाउन चाहेको छैन । तर उनका छोरालाई पक्राउ गरेर मकवानपुर प्रहरीलाई पठाएको जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  ।

प्रकाशित: १७ असार २०८२ १५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App