१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

अन्तर प्रदेश सरुवा खुल्यो, कुलिङ पिरियड दुई वर्ष रहने

फाइल तस्बिर

सरकारले निजामती कर्मचारीको अन्तर प्रदेश सरुवा खुला गरेको छ ।

प्रतिनिधि सभामा पारितको क्रममा रहेको संघीय निजामती सेवा विधेयकमा सरकारले अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको हो।

सम्बन्धित प्रदेशको सहमतीमा पारिवारिक, स्वास्थ्यजन्य र विशेष कारणले कर्मचारीलाई राहत दिने उद्धेश्यसहित सरुवाको प्रावधान समेटिएको सरकारको भनाइ छ । अब स्थानीय तहका कर्मचारीले आफ्नो अनुकुल रहनेगरी अन्तर प्रदेश सरुवा गर्न पाउने भएका हुन् । विधेयकमाथि प्रतिनिधि सभामा छलफल जारी छ । विधेयक आजै पारित हुने कार्यसूची छ ।

यस्तै विधेयकले महिनै पिच्छे कर्मचारीको सरुवा हुने परिपाटीको अन्त्य गर्दै चक्रीय प्रणालीमा सरुवाको व्यवस्था मिलाएको छ । विधेयकमा निजामती कर्मचारीको अवकाश अवधिलाई दुई वर्ष बढाएर ६० वर्ष पुर्‍याइएको छ । 

यस्तै विधेयकले कर्मचारीहरुको कुलिङ पिरियड २ वर्ष हुने व्यवस्था पनि गरेको छ । विधेयकले अतिरिक्त सचिवको व्यवस्था गर्दै सचिवालयस्तरमा कार्याभार व्यवस्थापन र नीतिनिर्माण प्रक्रियामा विकेन्द्रिकृत दक्षता विकास गर्न मद्दत पुग्ने विश्वास सरकारको छ ।

प्रकाशित: १५ असार २०८२ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App