३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

घरायसी विवादमा भीरबाट हाम फालेकी महिलाको मृत्यु, श्रीमान् घाइते

चितवनमा श्रीमान्-श्रीमतीले भीरबाट हाम फालेका छन्। हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।

भीरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका-४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भीरबाट खहरे खोलामा हाम फालेकी थिइन्। लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भीरबाट हाम फालेका थिए।

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ११ असार २०८२ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App