१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

कोशीको बजेट सिद्धान्त र प्राथमिकता माथिको छलफल सकियो

कोशी प्रदेशको बजेटको सिद्यान्त र प्राथमिकता माथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा कोशी प्रदेशसभाका आर्थिक मामिला तथा योजना मन्त्री विद्युरकुमार लिङ्थेपले राखेको प्रस्तावमाथि छलफल गरिएको थियो । छलफलमा कोशी सांसदहरू रेवतीरमण भण्डारी, गोपाल तामाङ र गम्बु शेर्पाले बजेटका सिद्यान्त र प्राथमिकता माथि धारणा राखेका थिए ।  

कोशी प्रदेशको नीति तथा कार्यक्रम संसोधन प्रस्ताव राख्न नदिई पारित गरिएको भन्दै यस अघिको बैठक प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले अबरुद्ध पारेका थिए । विपक्षी दलसँगको सहमति अनुसार कोशी प्रदेशको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत नभई बहुमतले पारित भएको भन्ने व्यहोरा सभामुख अम्मरबहादुर विष्टले शनिबारको बैठकमा पढेर सुनाएका थिए ।  

सभामुखले बहुमतले नीति तथा कार्यक्रम पारित भएको बैठकमा उल्लेख गरेपछि विपक्षी दलका सांसद पनि बजेटको सिद्दान्त र प्राथमिकता माथिको छलफलमा भाग लिएका थिए ।  

छलफल पछि बैठक अनिश्चित कालका लागि स्थगित भएको सभामुख विष्टले बैठकमा जानकारी गराएका थिए । 

प्रकाशित: १६ जेष्ठ २०८३ २०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App