२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

गाउँपालिकावासीको बिजुली बिल पालिकाले तिरिदिने

दाङको शान्तिनगर गाउँपालिकाले गाउँपालिकावासीको बिजुली बिल तिर्ने भएको छ। पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकावासीको न्यूनतम बिजुली बिल तिर्ने घोषणा गरेको हो।  

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको बिजुली बिल पालिकाले तिर्नेछ। 'गाउँपालिकावासीको मागका आधारमा यो नीति ल्याएका हौं, यो लुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम हो,' अध्यक्ष बस्नेतले भने।  

'शान्तिनगरवासीको रहर: उज्यालो शान्तिनगर' भन्ने अभियानअन्तर्गत उक्त नीति ल्याइएको उनले बताए। शान्तिनगर गाउँपालिकाका सबै ग्राहकको न्यूनतम बिल गाउँपालिकामार्फत नेपाल बिजुली प्राधिकरणमा रकम जम्मा गर्ने व्यवस्था मिलाइने नीतिमा समावेश छ। यसले सबै नागरिकको ऊर्जामा पहुँच पुग्ने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए।  

त्यस्तै, पालिकाभित्रका चिकित्सा, डाक्टर, पाइलट अध्ययन गर्ने विद्यार्थीलाई निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम दिइनेछ। खेलकुद क्षेत्रमा युवाहरूको आकर्षण बढाउन राष्ट्रिय स्तरमा छनोट हुने खेलाडीलाई प्रोत्साहन रकम दिइने बजेटमा उल्लेख छ।

प्रकाशित: ११ असार २०८२ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App