२७ असार २०८३ शनिबार
image/svg+xml
खेल

फिफा विश्वकप : कंगो डीआरले उज्बेकिस्तानलाई ३-१ ले जित्यो

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले जित निकालेको छ।

एटलान्टा रंगशालामा सम्पन्न खेलको इन्जुरी टाइममा योवान विसाले गोल गर्दै उज्बेकिस्तानविरुद्ध कंगो डीआरले ३-१ गोल अन्तरले जित निकालेको हो।

यस्तै, खेलको ७८औं मिनेटमा फिस्टन मेलेले गोल गरेर कंगो डीआरलाई २-१ को अग्रता दिलाएका थिए भने खेलको ६८औं मिनेटमा कंगोकै विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेर टिमलाई बराबरीमा पुर्‍याएका थिए।

यसअघि खेलको १०औं मिनेटमा नै उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।

प्रकाशित: १४ असार २०८३ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App