१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

क्यान विभाजन विधेयक : सुधारका लागि सैद्धान्तिक छलफल सुरु

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्न तयार गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ।  

प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा यो विधेयकबारे छलफल सुरु गरिएको हो। सैद्धान्तिक छलफलमा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्‌मा यो विधेयकप्रति व्यापक चासो देखिएको बताए।  

‘संसद्को प्राथमिकतामा रहेको यो विधेयकमा ७५ जना सांसदले सक्रियतासाथ भाग लिएका छन्,’ मन्त्री पाण्डेले भने, ‘सरकारको तर्फबाट यो विधेयक कुनै संस्था टुक्र्याउने उद्देश्यले होइन, व्यवस्थित पार्ने दृष्टिकोणबाट आएको हो।’ उनको भनाइअनुसार विधेयकमा आठ प्रमुख सूचक समावेश छन्। कर्मचारीको असन्तुष्टिपछि ट्रेड युनियनसँग छलफल गरी विधेयकमा आवश्यक संशोधनमार्फत अघि बढ्ने सहमति भएको जानकारी मन्त्री पाण्डेले दिए।

छलफलमा विज्ञ र संशोधनकर्ताको धारणा समेटिने विश्वास उनले व्यक्त गरेका छन्। साथै, हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको जानकारी दिँदै ती विषय पनि छिटो अगाडि बढ्ने उनको भनाइ थियो।

हवाई दुर्घटनापछि पाइने बीमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नता हटाएर एकरूपता ल्याउने कार्य अघि बढ्ने मन्त्री पाण्डेले जानकारी दिए। विधेयकमा परेका संशोधन प्रस्तावबारे अब सहमतिमा विस्तृत छलफल हुने समितिले जनाएको छ।

प्रकाशित: ८ असार २०८२ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App