२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

बरहथवामा गोली चल्यो, प्रहरी निरीक्षकसहित पाँचजना घाइते

सर्लाहीको बरहथवामा सडकको विषयमा विवाद हुँदा गोली चलेको छ। झडपमा प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका छन्।

बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको विषयमा दुई पक्ष बादविवादपछि भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ।  

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहले झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको बताए। झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित पाँच जना घाइते भएका छन्।

प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ। झडपमा अन्य घाइते सर्वसाधारणको उपचार बरहथवास्थित सरकारी अस्पतालमा भैरहेको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलो सङ्ख्यामा तैनाथ गरिएको छ।

झडप नियन्त्रणमा रहेको र अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सडक विस्तारकै क्रममा विवाद भएर दुई पक्षबिच झडप भएको थियो।

प्रकाशित: ७ असार २०८२ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App