१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

बरण्डाबाट लडेर महिलाको मृत्यु

घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ। धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो।

आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उच्च रक्तचापकी बिरामी रहेकी उनी बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लडेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए। रासस

प्रकाशित: ६ असार २०८२ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App