१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न

धनगढीमाई नगरपालिका-१३ को डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ। 

सङ्घीय खानेपानी र ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको यो आयोजनाले वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवारलाई लाभ पुर्‍याएको छ।

परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी र सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए। 

खानेपानी र सरसफाइमन्त्री प्रदीप यादवले असार ५ गते आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए। आयोजना उद्घाटनको तयारीमा आफूहरू रहेको उनले जानकारी दिए। रासस

प्रकाशित: ४ असार २०८२ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App