१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

धादिङमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा शनिबार बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो।

मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्‍याइएको थियो।

“दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उपचारका क्रममा निजको मृत्यु भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भने। रासस

प्रकाशित: ३१ जेष्ठ २०८२ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App