४ श्रावण २०८२ आइतबार
image/svg+xml
समाज

कर्णालीका मुद्दा लिएर खाली खुट्टा काठमाडौं हिँडेका बोहोरा दासढुंगामा

खाली खुट्टा हिँडेरै सुर्खेतदेखि काठमाडौं जाँदै गरेका नवराज बोहोरा (भेडा) ।

कर्णालीका समस्या लिएर २६ दिनदेखि खाली खुट्टा पैदल सुर्खेतदेखि काठमाडौं समाजदेवी नवराज बोहोरा (भेडा) हिँडेका छन् । सुर्खेतदेखि खाली खुट्टा पैदल हिँडेका उनी २६ दिनमा दास ढुङ्गा अगाडी पुगेका हुन् ।

अनियमितता, भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको समस्या बालुवाटार पु¥याउने भन्दै उनी जेष्ठ ४ गते सुर्खेत हिँडेका थिए । बोहोराले खाली खुट्टा हिँडेर कर्णालीका समस्या बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सुनाउने योजना बनाएका छन् । गर्मी मौसममा खाली खुट्टा हिँडेरै २६ दिनमा दास ढुङ्गा अगाडी पुगेका छन् ।

सुर्खेतमा सामाजिक विषयका मुद्दाहरू उठान गर्ने बोहोरा सडकमा छाडा छोडिएका गाईबस्तुहरूको संरक्षकका रुपमा समेत कहलिएका छन् । कर्णालीमा वातावरण प्रदूषणदेखि थुप्रो मुद्दामा उनले आवाज उठाउने गरेका छन् । लामो समयदेखि खाली खुट्टा हिँड्दा खुट्टामा समस्या आएपनि उनी निरन्तर हिँडिरहेका छन् ।

प्रकाशित: २९ जेष्ठ २०८२ १७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App