भारतको अहमदावादमा भएको जहाज दुर्घटनाका प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्। बिहीबार (आज) लन्डनका लागि उडेको एयर इन्डियाको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री मोदीले यसलाई हृदयविदारक भनेका छन्।
'अहमदावादमा भएको त्रासदीले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ। यो अत्यन्तै हृदयविदारक घटना हो, जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन,' उनले फेसबूकमा लेखेका छन्, 'यस दुखद् घडीमा मेरो समवेदना छ।'
उनले आफू मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन्।
जहाजको भग्नावशेषबाट अहिलेसम्म ८० जनाको शव निकालिएको छ। एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।
प्रकाशित: २९ जेष्ठ २०८२ १६:३३ बिहीबार





