१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

बन्दुकधारी प्रहरीको सुरक्षा घेरामा साझाका बस

सार्वजनिक यातायात व्यवसायीहरूको बन्दका कारण यात्रुहरूले सास्ती व्यहोरिरहेका बेला साझा यातायातले प्रहरीको बन्दुकसहितको सुरक्षा घेरामा आफ्ना बसहरू सञ्चालन गरिरहेको छ।

व्यवसायीको आन्दोलनले सार्वजनिक सवारी ठप्प हुँदा यात्रुको सुविधालाई ध्यानमा राख्दै साझाले यो कदम चालेको हो।

काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि साझाका ४० वटा बस सडकमा गुडेका हुन्। साझा यातायातका अनुसार, प्रत्येक बसमा हतियारधारी प्रहरी परिचालन गरिएको छ।

उनीहरले यात्रु तथा सवारी दुवैको सुरक्षा सुनिश्चित गरिरहेका छन्। बिहान १५ वटा बसबाट सेवा सुरु गरिएकोमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै दिउँसोबाट थप बस सञ्चालनमा ल्याइएको हो।

व्यवसायीको आन्दोलनका क्रममा हुन सक्ने सम्भावित अवरोध र तोडफोडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो।

हाल साझाले काठमाडौं उपत्यकाका ५ वटा प्रमुख रुटमा बस सञ्चालन गरिरहेको छ। जसमा लगनखेल–गोंगबु बसपार्क, लगनखेल–बूढानीलकण्ठ, गोदावरी–रत्नपार्क, थानकोट–एयरपोर्ट र थानकोट–बुढानीलकण्ठ रुट रहेका छन्।

असुरक्षाका कारण लामाटार–रत्नपार्क, लेले-जमल र बुंगमती-जमल रुटमा भने तत्कालका लागि बस सञ्चालन गरिएको छैन। प्रहरीसँगको समन्वयमा यी रुटमा पनि छिट्टै सेवा सुचारु गर्ने साझाको तयारी छ।

लामो दूरीका रुटमा भने अवस्था हेरेर मात्र निर्णय लिइने साझाले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८२ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App