४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

घोडे गाउँमा मिल सञ्चालन हुँदा स्थानीयलाई सहज

जुम्लाको तिला गाउँपालिका–६ मा रहेको घोडे गाउँमा कुटानी–पिसानी मिल सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको रु १५ लाखबाट सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी गाउँमा पहिलोपटक मिल सञ्चालन भएको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए।

विगतमा मिल नहुँदा यहाँका स्थानीयले कुटानी-पिसानीका लागि दुःख पाउने गरेका थिए । वडाध्यक्ष रोकायाले भने, “पीठोलगायत अन्य कुटानी–पिसानीका लागि दुई घण्टा हिँडेर जानुपर्ने बाध्यता थियो । हिउँदेयाममा चैत, वैशाख, जेठमा सुक्खा खडेरीका कारण खोला सुकेपछि घट्ट चल्न बन्द हुने गरेकाले छिमेकी गाउँ सुडी, रिपी र कालीकोट जिल्लाको रताड जानुपर्ने बाध्यता थियो । अब सो समस्या हटेको छ, गाउँमै कुटानी-पिसानी हुन थालेको छ ।”

मिल स्थापना भएपछि गहुँ मकैलगायत अरू अन्न कुटानी-पिसानीका लागि करिब तीन घण्टा हिँडेर घट्ट जानैपर्ने बाध्यता हाल अन्त्य भएको स्थानीयवासी दिनेश रोकायाले बताए। रासस

प्रकाशित: १६ जेष्ठ २०८२ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App