मंगलबार (आज) बिहान बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। टावर मर्मतका लागि गएका नेपाल टेलिकमका कर्मचारी सवार बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको बाजुरा प्रहरीले जानकारी दिएको छ।
त्यहाँको जगन्नाथ गाउँपालिका–३ काँडाकोटमा जिप दुर्घटना भएको डीएसपी इकपाल हवारीले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन। दुर्घटनामा दुई जना घाइते भएका छन्।
प्रकाशित: १३ जेष्ठ २०८२ १२:४० मंगलबार





