१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

यहाँको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्। बिहीबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोला ड्यामसाइडमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

उनीसँग चार जना साथी घुम्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए। उनका अनुसार बेपत्ता अन्सारीको खोजी भइरहेको छ।

साथीहरू भने सकुशल छन्। यहाँ गर्मी सुरु भएसँगै हरेक वर्ष भारतबाट पर्यटक घुम्न आउने गर्दछन्। गर्मी छल्न यहाँ आउने प्राय पौडी खेल्न तिनाउ खोला जाने गरेका छन्। रासस

प्रकाशित: ९ जेष्ठ २०८२ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App