२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
समाज

बढ्दो लोडसेडिङले भड्किए मेयर साम्पाङ, मागे प्राधिकरणका एमडीको नम्बर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्ला दिनमा भइरहेको लोडसेडिङप्रति कडा आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनप्रति रिस पोख्दै लगातार स्टाटस लेखेका छन्।

शनिबार मेयर साम्पाङले लोडसेडिङले पानीको पम्प चलाउन समस्या भएको बताउँदै लेखेका छन्, ‘लाइन गइरहन्छ ! पानीको पम्प चलाउन गाह्रो भो !  अब यो दोष सालोलाई दिने कि भेनालाई ? धन्न श्रमदानबाट पानी ल्याइयो र रुन परेको छैन जनता ! मेरो भिजनमा हिँड है ! यो महिनाको पम्प चलाउँदाको बिजुलीको बिल ४१ लाख रुपैयाँ मात्रै !’ उनले धरानको खानेपानी व्यवस्थापनका लागि ठूलो रकमको बिजुली बिल तिरे पनि विद्युत आपूर्तिमा समस्या भइरहेको गुनासो गरे।

शुक्रबार राति लेखेको स्टाटसमा उनले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको सम्पर्क नम्बर खोजेका छन्। रिसाएर लेखेका छन्, ‘विद्युत प्राधिकरणको एमडीको नम्बर कति हो? यस्तो गाली गर्नु मन लाको छ कि गधालाई ! लाइन गाको गाकै ! यस्तो नि हुन्छ?’ उनले बारम्बारको लोडसेडिङप्रति असन्तुष्टि जनाउँदै व्यवस्थापनको आलोचना गरिरहेका छन्। 

प्रमुख साम्पाङले लोडसेडिङको अवस्था झन् बिग्रिए थप कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। उनको अर्को स्टाटसमा भनिएको छ, ‘लोडसेडिङ भयो भने यस्तो गाली गर्छु कि...।’ बिहीबारदेखि देशभर नै समय समयमा लोडसेडिङको समस्या भइरहेको छ। जसकारण सर्वसाधारण मर्कामा परेका छन्। 

प्रकाशित: ३ जेष्ठ २०८२ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App