कारागार विभाग, कारागार कार्यालय जुम्लाले कैदीबन्दीहरूलाई सीप विकास तालिम दिइरहेको छ। सीप सिकाएर कैदीबन्दीहरूलाई आत्मनिर्भर बनाउने तालिमकाे उद्देश्य रहेकाे छ।
जुम्ला कारागारमा एक सय जना कैदी छन्। जसमध्ये ४ महिला छन्। एक महिने तालिममा ३० सहभागी छन्। उनीहरूलाई सिलाइकटाइ सम्बन्धी तालिम दिइनेछ। तालिमले कैदीबन्दीको क्षमता अभिवृद्धि गरी उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ।
एक महिने सिलाइकटाइ तालिमको प्रशिक्षक स्थानीय रत्नकली नेपालीले सञ्चालन गरेकी छन्। उनले भनिन्, “मैले सिकेको सीप बाँड्ने अवसर पाएकी छु। यो मेरो स्वर्णीम अवसर हो। म सक्दो सीप सिकाउने प्रयास गर्ने छु।
जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले विगत, वर्तमान र भविष्यका लागि जीवनलाई जोड्न तालिम अत्यावश्यक भएको बताए।कैदीबन्दीले न्यूनतम ३ महिनाको तालिम हुनुपर्ने बताएका थिए।
प्रकाशित: २ जेष्ठ २०८२ १०:३६ शुक्रबार





