कास्कीमा डुबेर एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-२३ घाटिछिना मादिवाङ खोलामा डुबेर सोही महानगरपालिका-८ आलुमाईलाचोक बस्ने बागलुङ घर भएका २३ वर्षीय दीपक कंडेलको आइतबार दिउँसो मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित: २८ वैशाख २०८२ १७:१६ आइतबार





