२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

बालुवा बोकेको टिप्पर उकालोमा 'ब्याक' भई अनियन्त्रित हुँदा दुर्घटना, चालकको मृत्यु

मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिप्पर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिप्पर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब एक सय मिटर तल खस्दा नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय चालक लवकुश अधिकारीको मृत्यु भएको हो।

गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा अनलोड गर्न टिप्पर ब्याक गर्ने क्रममा बा२क ३४६४ नम्बरको टिप्पर डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो। रासस

प्रकाशित: २८ वैशाख २०८२ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App