१ असार २०८२ आइतबार
image/svg+xml
समाज

नीलगाई मारेको आरोपमा गोलीसहित एक सिकारी पक्राउ

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोली सहित एक जना सिकारी पक्राउ परेका छन् ।

आइतबार मध्यरातमा स्थानीयले गोली पडकेको आवाज सुने लगत्तै प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीको टोलीले प्रहरीले शिवराज नगरपालिका वडा नम्बर २ हरौहवाका ५२ वर्षीय फरहान खाँनलाई गोली सहित पक्राउ गरेको हो ।

सकारले निलगाईलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । सिकारीहरूको टोली बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर त्यहाँ उखुबारीमा पुगेका थिए । खानको झोलाबाट प्रहरीले ६ थान गोली, ४ थान खोका, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ ।

प्रहरीले मरेको नीलगाई, सिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटा बुझाएको छ । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ । सिकारीले २ भाले जातको नीलगाई सिकार गरेका थिए । 

प्रकाशित: २१ वैशाख २०८२ १७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App