१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

कृष्णनगर भन्सार यार्ड साघुरो हुँदा समस्या

१० प्रमुख भन्सार नाकामा पर्ने कृष्णनगर भन्सार नाकामा भन्सार यार्ड साघुरो हुदा मालबाहक सवारी साधान खडा गर्न समस्या परेको छ । भन्सार कार्यालयको पुर्व पट्टी ढेड बिघा क्षेत्रफलमा यार्ड छ । मालबाहक सवारी साधनको बढदो चाप यार्डले थेक्न थाह्रो परेको छ । दैनिक सयदेखि ढेड सयका हाराहारीमा भारतीय मालबाहक सवारी साधान भन्सार छिर्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।  

यस्तै नेपाली सिमेन्ट, जटीबुटी, प्लाईबुड लगायतका बस्तुहरु भारत तर्फ यही नाका हुदै निर्याता हुने गर्छ । मालबाहक सवारी साधनको चाप बर्षेनी बृद्धि हुने गरेको छ । तर सवारी साधन अटाउने यार्ड नहुदा समस्या परेको ब्यापारीहरु बताउछन । भन्सारमा यार्ड सानो हुदा भारतीय मालबाहक सवारी साधन घण्टौ भारत तर्फ पालो कुर्दै बस्न बाध्य रहेको ब्यापारीहरु गुनासो गर्छन ।  

यार्डका कारण नै भन्सार राजस्व संकलनमा समेत असर परेको उनीहरु बताउछन । पहिला भन्दा मालबाहक सवारी साधनको संख्या बढेको छ । तर यार्डको क्षेत्र बिस्तार गरिएको छैन । जसले गर्दा ब्यापारी र भन्सार कार्यालय दुबैलाई समस्या पर्ने गरेको छ । ब्यापारीहरुले यार्ड बिस्तारकालागि पटक पटक आवाज उठाए पनि कसैले सुनुवाइ भने नगरेको ब्यापारीहरुको गुनासो छ ।  

२०१३ सालमा भन्सार स्थापना पछि कृष्णनगर भन्सार स्थापना गरिएको थियो । त्यही बेला देखि नै यार्ड समते बनाइएको थियो । कृष्णनगर भन्सार कार्यालयका सुचना अधिकारी मयंक कुमार कर्णले भन्सार यार्ड सानो हुदा मालबाहक सवारी साधान खडा गर्न  गाह्रो परेको बताए । यार्ड सानो हुदा आयातकर्ता ब्यापारीलाई पालो कुनै बाध्य हुने गरेको उनले बताए ।  

उनले यस बिषयमा भन्सार बिभामगा जानकारी गराइएको उनले बताए । उनले भन्सार यार्ड बिस्तारका बिषयमा ब्यापारी सहीत जनप्रतिनिधिहरुले समेत पलह र आवाज उठाउनु पर्ने बताए । कृष्णनगर भन्सारमा बार्षिक ५ अर्व बढी राजस्व संकलन हुने गरेको छ ।  

 

 

प्रकाशित: १७ जेष्ठ २०८३ १७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App