कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर १ गुगौलीमा हुलाकी सडकको डिभाइडरमा ट्याक्टर ठोक्किँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा विजयनगर गाउँपालिका–२, उक्टहवा का २० वर्षीय श्यामलाल कोरीको बिहीबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार हुलाकी सडक खण्डको गुगौलीमा तीव्र गतिका कारण लु ३ त ४७९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको डिभाइडरमा बिहीबार ठोकिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार गम्भीर घाइते भएका कोरीको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा बिहीबार मृत्यु भएको हो । ट्याक्टर चालक राजेश गुप्ताको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १८ वैशाख २०८२ १६:४६ बिहीबार