आवासीय चिकित्सकहरूले माग पूरा नभएको भन्दै मंगलबार लगातार २७ औँ दिन पनि आन्दोलन जारी राखेका छन्।
चैत २१ गतेदेखि सेवा बहिष्कार गर्दै सडकमा उत्रिएका उनीहरूले आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
प्रदर्शनरत चिकित्सकहरूले आठौँ तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन फिर्ता नहुने अडान दोहोर्याएका छन्।
यसअघि सरकारी सरह निर्वाह भत्ता दिन नसक्ने भन्दै अडान लिएका निजी मेडिकल कलेज सञ्चालकहरू सरकारले स्नातक तहमा सिट र शुल्क बढाउन सकिने संकेत दिएपछि भत्ता बढाउन तयार देखिएका हुन्।
चिकित्सा शिक्षा आयोगको चैत १५ गते बसेको १९ औँ बैठकले एमबीबीएसको सिट संख्या र शुल्क बढाउन सकिने निर्णय गरेको थियो।
उनीहरूले निजी मेडिकल कलेजहरूमा आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेको आरोप पनि लगाएका छन्।
तसर्थ, हप्तामा ७२ घण्टाभन्दा बढी काममा नलगाउन, वर्षमा अनिवार्य २८ दिन बिदा सुनिश्चित गर्न, साथै किरिया बिदा र सुत्केरी बिदा आवश्यकता अनुसार थप व्यवस्था गर्नुपर्ने माग समेत अघि सारेका छन्।
सरकार र कलेज सञ्चालकबीच वार्ताका प्रयासहरू भइरहेका भए पनि कुनै ठोस सहमति नजुटेका कारण आन्दोलन लम्बिएको हो।
हेर्नुहोस् तस्बिर। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक












0
प्रकाशित: १६ वैशाख २०८२ १५:५३ मंगलबार





-600x400.jpg)