९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

बेलौरीमा जलेको अवस्थामा शव भेटियो

बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो। शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ।

बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका थिए। 'घटना स्थलमा प्रहरी टोली पुगेको छ,' प्रहरी नायब उपरीक्षक जोशीले भने, 'के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दै छौँ।' रासस

प्रकाशित: ९ वैशाख २०८२ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App