२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

पाथीभरा जाँदै गरेको जिपमाथि आगलागी : दुई जना घाइते, ४ को मृत्युको आशंका

ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडिरहेको सवारीमा एक्कासी आगो लाग्दा भएको घटनापछि सवारीमा सवार चालकसहित ६ मध्ये २ जनालाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। ४ जनाको अवस्था अज्ञात छ।

ताप्लेजुङ जिल्ला अस्पतालमा बिरामीहरूको उपचार अवस्थामा सहयोग गर्न अस्पतालमा रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उपचारका लागि ल्याइएका मध्ये ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य (सन्ध्या)को अवस्था गम्भीर छ। उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य छन्।

सवारीमा सविनाका छोरी १६ वर्षीाय आध्या आचार्य, उनका मावलीतर्फका हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय बिनोद पौडेल, मावली हजुरआमा ६९ वर्षीया सिरता पौडेल तथा सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४५ वर्षीया दुर्गा भट्टराई रहेका थिए।

गम्भीर अवस्थाकी घाइते सबिनाको शरीरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्। उनलाई रेफरको तयार गरिएको छ। आगो कसरी लाग्यो भन्ने नखुले पनि हाइटेन्सन लाइनको तार सवारीमाथि खस्दा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर ३०११ रहेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। 

 

यो पनि पढ्नुहोस्

पाथीभरा क्षेत्रमा गुडिरहेको सवारीमाथि आगो, ठूलो संख्यामा हताहतिको आशंका

 

प्रकाशित: ८ वैशाख २०८२ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App