बाराको जितपुर सिमरामा टिप्परसँग ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिप्पर र विपरीत दिशामा रहेको बा ०१-०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ मा अपराह्न आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा कारका चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र सर्लाहीको बरहथवा १५ का नारायणहरी शर्माको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए ।
दुर्घटना पश्चात् फरार टिपट चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ५ वैशाख २०८२ १८:५७ शुक्रबार




