८ वैशाख २०८२ सोमबार
image/svg+xml
समाज

प्रहरीले भन्योः एआईको प्रयोगसँगै दुरुपयोग बढ्यो, सचेत रहौँ

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को दुरुपयोग नगर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति सार्वजनिक गदै ब्युरोले प्रविधिको सकारात्मक प्रयोगमा ध्यान दिन आग्रह गरेको हो।  

‘हाल सामाजिक सञ्जाल र एआईको अत्यधिक प्रयोग सँगसँगै, दुरूपयोग गरी अरूको चरित्र हत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगितको सिर्जना गरी–गराई मानमर्दन गर्ने कार्यहरू सामाजिक सञ्जालका प्लाटफर्मबाटमार्फत बढ्दो क्रममा देखिएको प्रति साइबर ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ,’ ब्युरोले भनेको छ,‘यस प्रकारका गतिविधिहरूले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने मात्र नभई विद्यमान साइबर कानून अनुसार अपराध समेत हुने भएकोले कानूनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरूको सम्मानमा आँच नपु¥याउने गरी सकारात्मक प्रयोग गर्नु हुन सबैलाई साइबर ब्यूरो अनुरोध गर्दछ।’

प्रकाशित: २ वैशाख २०८२ १७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App