१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला

फाइल तस्बिर।

दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा बिहीबार वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ।

सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो। हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए।

बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उनले बताए।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। उनका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ। दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृतावस्थामा फेला परेको थियो।

प्रकाशित: २१ चैत्र २०८१ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App