२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १४:२७ अपराह्न
समाज

रवीन्द्र र धवल शमशेरसहितलाई अदालतमा पेस गरिँदै

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।

आइतबार उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्‍याउनका लागि लगिएको हो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा लैजाने बताइएको छ।

थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्रलाई हतकडी लगाइएको छ । धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

प्रकाशित: १७ चैत्र २०८१ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App