२० चैत्र २०८१ बुधबार
image/svg+xml २१:१४ अपराह्न
समाज

पत्रकार मारिएको विरोधमा इटहरीमा प्रदर्शन

राजावादी समूहको हिंसात्मक आन्दोलनका क्रममा आगलागीमा मारिएका पत्रकार सुरेश रजकसहित सञ्चारगृह तोडफोडको विरोधमा सुनसरीको इटहरीमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अगुवाइमा पत्रकारहरूले इटहरी उपमहानगरपालिकाअगाडि भेला भएर बजार परिक्रममा गरेका हुन्। पत्रकारहरूले प्रदर्शनपछि आयोजित शोकसभामा मारिएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्न र उनको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै दोषीलाई कारबाही गर्न दबाब दिए। साथै, अन्नपूर्ण, कान्तिपुर लगायत सञ्चारगृहमा तोडफोड गर्ने र हिमालय टिभीको सवारीसाधनमा क्षति पुर्‍याउनेलाई पनि कारबाही गर्न माग गरे।

शुक्रबार राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एकजना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा महासंघले शनिबार देशव्यापी विरोध प्रदर्शन भएको छ। जसमा कोसी प्रदेशको सुनसरीको इटहरीसहित मोरङको विराटनगर, झापाको विर्तामोड, इलाम र धनकुटामा पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखाको अगुवाइमा विरोध प्रदर्शन गरियो। 

प्रकाशित: १७ चैत्र २०८१ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App