१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:३४ अपराह्न
समाज

तीनकुनेमा आगो लागेको घरमा मृत भेटिने एभिन्यूजकर्मी

तस्बिर : एभिन्यूज टेलिभिजन

राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा एक सञ्चारकर्मीको मृत्यु भएको छ। 

प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको हो। एभिन्यूज टेलिभिजनका अनुसार भवनको छतबाट दृश्य खिचिरहेका बेला रजक आगलागीमा परेका थिए। 

उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए। आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ। 

उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

प्रकाशित: १५ चैत्र २०८१ १९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App