१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:२७ पूर्वाह्न
समाज

हिंसात्मक बन्दै राजावादी: हिँड्दै तोडफोड गर्दै गाडी जलाउँदै

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार गरिएको राजसंस्था पुनःस्थापनाको आन्दोलन हिंसात्मक बनेको छ।

काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शन प्रहरीसँगको भिडन्तमा परिणत भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रदर्शनकारीले निजी घर तथा सञ्चारमाध्यमहरूलाई निशाना बनाए। कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड तथा आगजनी प्रयास गरियो।

कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी हुँदा कम्तीमा आधा दर्जन गाडी जलेका छन्।पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय नजिकै सरकारी नम्बर प्लेट भएको गाडी जलाइएको छ।

बालकुमारी क्षेत्रमा पनि सवारी साधन जलाइएको प्रहरीको भनाइ छ। पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड गरिएको छ। यसैगरी, प्रदर्शनकारीहरूले एकीकृत समाजवादी पार्टीको मुख्यालयमा आगजनी गरेका छन्।

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्रवेश गरी प्रदर्शनकारीहरूले तोडफोड र लुटपाट गरेका छन्।

राजावादी प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा शुक्रबार अपराह्न ४:२५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १५ चैत्र २०८१ १७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App