कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा तोडफोड भएको छ।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन्।
यसअघि, सोही समूहले तीनकुने नजिकै आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी गरेको थियो।
आक्रोशित प्रदर्शनकारीहरू कोटेश्वरका गल्लीहरू हुँदै माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयतर्फ अघि बढिरहेका छन्।
प्रकाशित: १५ चैत्र २०८१ १६:२२ शुक्रबार