तीनकुनेमा भएको झडपका क्रममा कयाैं प्रदर्शनकारीसहित प्रहरी घाइते भएका छन्।
दुई प्रदर्शनकारीलाई प्रहरीको गोली लागेको बताइएको छ। एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ। प्रदर्शनकारीको आक्रमणबाट घाइते भएकी ती सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ।
राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शन हिंसात्मक भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। कम्मरमा गोली लागेको ती व्यक्तिलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्याइएको छ।

यसैबीच, प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा सात जना सशस्त्र प्रहरी घाइते भएका छन्। तीमध्ये चार जनाको उपचार सोही अस्पतालमा भइरहेको छ।
राजावादी समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति झन् तनावपूर्ण बनेको हो।
हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक










प्रकाशित: १५ चैत्र २०८१ १५:५५ शुक्रबार





