१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

१५ दिनदेखि हराइरहेकी १९ वर्षीया किशोरीको शव गाडिएको अवस्थामा फेला, श्रीमान् पक्राउ

इलाममा १९ वर्षीया किशोरीको हत्या भएको छ। फाकफोकथुम गाउँपालिका–३, सल्लेरीकी विमला कट्टेल घरबाट हराएको १५ दिनपछि शव फेला परेको हो।  

प्रहरीका अनुसार फाकफोकथुम–२, धार्नेखोपको दाहाल गोलाईमा उनको शव माटोमुनि गाडिएको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले शव उत्खनन गर्ने तयरी र घटनाको थप अनुसन्धान भइरहेको बताए।  

चैत १ मा विमला बेपत्ता भएको भन्दै उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा निवेदन दिएका थिए। देउमाई नगरपालिका जितपुर माइत भएकी विमलाका पति उमेश गिरीलाई प्रहरीले अनुन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रकाशित: १५ चैत्र २०८१ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App