ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मंगलबार महालक्ष्मी नगरपालिका-९ सानागाउँ सिद्दिपुरस्थित घर रेखदेख गरी बस्दै आएका सुनसरी धरान उपमहानगरपालिका-११ घर भएका ३९ वर्षीय मन्दिप राई मृत अवस्थामा फेला परेका हुन।
प्रहरीका अनुसार उनी सोही घरको भर्याङमा मंगलबार मृत अवस्थामा फेला परेका थिए। हाल प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रकाशित: १२ चैत्र २०८१ १७:०६ मंगलबार