११ चैत्र २०८१ सोमबार
image/svg+xml ९:५४ पूर्वाह्न
समाज

भीरकोटमा दुई सडक कालोपत्र

स्याङ्जाको भीरकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरेको छ। भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र भएको छ। सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडकको कालोपत्रे काम पनि लगभग सकिएको छ।

नगरपालिकाका इन्जिनियर सरोज पराजुलीले सुन्दरबजारदेखि हातेमालोचोक जाने सडकको कालोपत्रे काम भइरहेको र आगामी असार २० गतेसम्म सक्ने लक्ष्य रहेको बताए। यो सडकमा पक्की नाली र पर्खाल पनि बनाइँदै छ।

सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडकको स्तरोन्नति सकिएको छ। विसं २०८१ पुस २६ मा सम्झौता भएर सुरु भएको यो सडक जेठ मसान्तसम्म सक्ने लक्ष्य थियो, तर योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले तोकिएको समयअगावै काम सम्पन्न भएको बताए। यो सडकमा पर्खाल, जाली र पक्की नाली बनाइएको छ।

नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले नगरका महत्त्वपूर्ण सडकलाई प्राथमिकतामा राखेर निर्माण गरिएको बताए। सुन्दरबजारदेखि हातेमालोचोक जाने सडक ५० प्रतिशत सङ्घीय समपूरक अनुदान र ५० प्रतिशत नगरपालिकाको लगानीमा बनेको छ। सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक भने गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा सम्पन्न भएको छ। रासस

प्रकाशित: ९ चैत्र २०८१ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App