१३ चैत्र २०८१ बुधबार
image/svg+xml १७:५६ अपराह्न
समाज

एकीकृत घुम्ती शिविरबाट ३०० बढीलाई सेवा

रामेछाप नगरपालिका–६ ओख्रेनीको च्यास्कुमा आइतबार भएको एकीकृत घुम्ती शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्। शिविरमा चालु आर्थिक वर्षका काम र उपलब्धिबारे जानकारी दिन सार्वजनिक सुनुवाइ पनि भएको थियो। 

स्वास्थ्य, कृषि, पशु सेवा र मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले चालु आर्थिक वर्षको बजेट अपेक्षित रूपमा खर्च हुन नसकेको बताए।

नगरप्रमुख लवश्री न्यौपानेले आन्तरिक स्रोतको अभावले केन्द्र र प्रदेशका आयोजनाको भर पर्नुपरेको बताए। उपप्रमुख बाला कार्कीले सङ्घ, प्रदेश र स्थानीय सरकारको संरचनाले साना योजनामा मात्र सीमित हुनुपर्दा अपेक्षित विकास नभएको उल्लेख गरे।

स्थानीयले नगरका गतिविधि छिटोछरितो नभएको, विकास निर्माणमा विनाश निम्तिएको र विगतका सार्वजनिक सुनुवाइका प्रतिबद्धता कार्यान्वयन कमजोर भएको गुनासो गरे। रासस

प्रकाशित: ११ चैत्र २०८१ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App