२० चैत्र २०८१ बुधबार
image/svg+xml २:५८ पूर्वाह्न
समाज

राष्ट्रपतिले गरे महिला सहभागिता र सशक्तिकरणका लागि भइरहेको प्रयासको प्रशंसा

राष्ट्रपति रामचन्द्र पौडेलले महिला सहभागिता र सशक्तिकरणका लागि अहिले गरिरहेको प्रशंसा गरेका छन् । 

शीतल निवासमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसंँगको भेटमा उनले महासंघले आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणका लागि प्रयास गरिरहेकोप्रति खुशी व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले महासंघले आगामी दिनमा महिला उद्यमशीलता वृद्धि र महिला सशक्तिकरणका लागि थप सक्रिय र प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, 'नेपालको हरेक राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा नेपाली महिला जगतले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । त्यही भएर हाम्रो संविधानले राज्यको हरेक निकाय र क्षेत्रमा महिला सहभागितासँगै समावेशीतालाई प्राथमिकता दिएको छ ।'  

यहीँ चैत १४ देखि १८ गतेसम्म काठमाडौंमा हुन गइरहेको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सफलताको शुभकामना दिँदै राष्ट्रपति पौडेलले मेलाले व्यापार व्यवसाय स्थापना, प्रवर्द्धन तथा विस्तार गरी आफूलाई आर्थिक रुपमा सबल बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन योगदान दिने विश्वास व्यक्त गरे । उनले भने, 'यस प्रकारका मेलाबाट नयाँ उद्यमीका लागि उत्प्रेरणा जागृत गराउन र व्यावसायिक अनुभव संकलन गरी महिला उद्यमीको ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।'

भेटमा महासंघ अध्यक्ष शोभा ज्ञवालीले महासंघको कामकारवाहीबारे जानकारी गराउँदै मेला आयोजना गर्नुको उद्धेश्यबारे स्पष्ट पारेकी थिइन् । भेटमा महासंघ पदाधिकारी र सदस्यहरू सहभागी थिए । 

प्रकाशित: ७ चैत्र २०८१ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App